arrow

अमेरिकाले गर्‍यो फिलिपिन्सका थप चार सैन्य अखडामा पहुँच पाउने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
Philippines-loyad-austin-america-south-china.jpg

काठमाडौं। फिलिपिन्स र संयुक्त राज्य अमेरिकाबिच रक्षा सम्झौता थप विस्तार गर्ने सम्झौतामा सहमति भएको छ। यसअनुसार दक्षिणपूर्वी एसियाली राष्ट्र फिलिपिन्सले आफ्ना थप चार सैन्य अड्डामा अमेरिकी सेनालाई पहुँच गर्न अनुमति दिएको छ ।

दुवै देशको रक्षा मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा फिलिपिन्सले अमेरिकी सेनालाई थप चार सैन्य अड्डामा पहुँच दिन सहमत भएको उल्लेख छ ।

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनको मनिला भ्रमणका क्रममा यो सम्झौता अनावरण गरिएको थियो । अमेरिकी रक्षा मन्त्री अस्टिनले गत वर्ष पदभार ग्रह गरेका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँग वार्ता गरेका थिए ।

फिलिपिन्सको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा 'एन्हान्स्ड कोअपरेशन एग्रिमेन्ट (ईडीसीए) अन्तर्गत थप नयाँ चार स्थानमा पहुँच र पुराना पाँच स्थानमा परियोजनाहरु कार्यान्वयन एवं समापन गर्ने सम्झौता भएकोमा अमेरिका र फिलिपिन्सले गर्व महसुस गरेको' उल्लेख गरिएको छ।

ईडीसीए अमेरिका र फिलिपिन्स बीच दशकौं लामो सुरक्षा गठबन्धनको अंश हो । यसले अमेरिकी सेनाहरूलाई विवादित दक्षिण चीन सागरका क्षेत्रका पाँच वटा फिलिपिनी बेस र आसपास पहुँचको अनुमति दिन्छ ।

यो सम्झौता चीनविरुद्ध अमेरिकी रणनीतिमा थप महत्वपूर्ण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ