arrow

सांसद बजगाईको समन्वयमा गोरखाबाट बिरामी महिलाको उद्धार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
birami-mahila-rajendra-bajgai.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार भएको हो । 

सुत्केरी हुन नसकेर सुन्निएको र रक्तश्राप अधिकमात्रामा भएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नहुँदा बिरामीका आफन्तले सांसद बजगाईलाई बिहान ९ बजे सम्पर्क गरेपछि उनले राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरेका हुन् । 

सिम्रिक एयरको हेलिकोप्टरबाट बिरामीलाई मध्यान्ह १२ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको बजगाईको सचिवालयले जानकारी दिएको छ । 

सांसद बजगाईले यसअघि पनि थुप्रै बिरामीको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ