- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०७९ माघ २० गते शुक्रबार, इस्वीसंवत फेब्रुअरी ३ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार माघशुक्लपक्षको त्रयोदशी तिथि रहनेछ ।
नक्षत्रमा आद्रा, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा तैतिल, आनन्दादि योगमा पद्य रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । दिनमान २७ घटि १२ पला अर्थात १० घण्टा ३५ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४४ बजे हुनेछ ।
आजको राशिफल
मेष : आज आम्दानीमा कुनै कमि हुनेवाला छैन । स्वास्थ्य रामै्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । घरमा नयाँ मित्र भेट, नयाँ कार्यको थालनी हुनेछ भने आज उत्तर दिशाको यात्रामा कुनै पनि काम बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
वृष : समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।
मिथुन : समय अत्यन्तै राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ ।
कर्कट : समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसंग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ ।
सिंह : आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पनि आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ ।
कन्या : समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । टाढाको यात्रामा निस्कनु पनि उपयुक्त छैन ।
तुला : स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ आज सकभर उत्तर यात्रा नगर्नु नै राम्रो, पानीबाट विशेष सतर्क हुनुहोला ।
वृश्चिक : आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन ।
धनु : समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
मकर : स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय एवं विदेश विभाग सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।
कुम्भ : समय खराब नै रहनेछ । पश्चिम दिशाको यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पनि पर्न सकिने सम्भावना छ । व्यर्थ मानसिक तनाव बढ्ने देखिन्छ ।
मीन : समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । त्यसैले आफन्तकहाँ सकभर नजानुहोला ।
साइतः सूर्य मकर चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०६ः५५ बजेदेखि ०८ः१४ बजेसम्म चर बेला
बिहान ०८ः१४ बजेदेखि ०९ः३३ बजेसम्म लाभ बेला
बिहान ०९ः३३ बजेदेखि १०ः५३ बजेसम्म अमृत बेला
बिहान १०ः५३ बजेदेखि १२ः१२ बजेसम्म काल बेला
बिहानमा १२ः१२ बजेदेखि १ः३१ बजेसम्म शुभ बेला
दिनमा १ः३१ बजेदेखि २ः५० बजेसम्म रोग बेला
दिनमा २ः५० बजेदेखि ४ः०९ बजेसम्म उद्वेग बेला
साँझ ४ः०९ बजेदेखि ५ः२८ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।