arrow

माओवादीको बैठक बस्न प्रचण्डको कार्यव्यस्तता कि निर्णय गर्न सकस ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार दिउँसो १ बजेलाई सरेको छ । शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक शनिबार १ बजेलाई सारिएको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् । 

उनका अनुसार स्थायी समिति बैठकबाट पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हुने भएकाले गृहकार्य गर्ने समय पनि बाँकी राख्दा बैठक सर्न पुगेको हो । बिहीबारको बैठक पनि प्रचण्डले केही समयमै स्थगित गरेर शुक्रबारका लागि सारेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रचण्डले बैठक छाडेर सरकारको आन्तरिक व्यवस्थापन गर्ने भन्दै बाहिरिएका थिए । 

शुक्रबार पनि प्रचण्डले विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले रास्वपा सरकारबाट नबाहिरिने दाबी गरिरहेका छन् । 

रास्वपाले भने गृहमन्त्री मागिरहेको छ । यदि नदिए सरकारबाट बाहिरिने धम्की दिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ