arrow

नेपाल टेलिकममा पनि महिला : प्रबन्ध निर्देशकमा राजभण्डारी नियुक्त

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
kamini-rajbhandari.jpeg
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले राजभण्डारीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
 
प्राविधिक तर्फकी वरिष्ठ नायव प्रबन्ध निर्देशक राजभण्डारी तीन जना प्रतिस्पर्धी मध्येबाट छानिएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
 
यसअघि संचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठन भएको छनोट समितिले अन्तिम तीन जनाको नामावली पठाएको थियो । जसमा सुनील पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम थियो । 
 
पोखरेल नेपाल टेलिकमकै प्रबन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रबन्धक हुन् । प्रबन्ध निर्देशकको पद पूर्तिका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा पहिलो चरणमा ६ जनाको नाम छनोट सूचीमा परेको थियो ।
 
जसबाट अन्तिम तीन जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएको थियो । जुन प्रस्ताव परिषद् बैठकमा पेश भई राजभण्डारीलाई नियुक्त गरियो । यसअघि टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका बुद्धि आचार्य गैरप्राविधिक अर्थात् प्रशासनिक तिरबाट रहेका थिए । यस्तै, मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा पदस्थापन गरेकाे सल्लाहकार आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ