- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभाग बाँडफाँटको एजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसकेपछि शनिबार १ बजे बोलाइएको हो ।
रास्वपाले बिहीबार नै सरकार छाडने संकेतकाबीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवस्थाको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रबार दिउँसो ३ बजेको बैठक पनि बस्न नसकेपछि आज १ बजे बोलाइएको हो ।
बैठकले मुख्यतः रास्वपासँगको विवाद र केन्द्रीय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।