arrow

अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन, विदेशमन्त्रीको भ्रमण रद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
chinese-ballon-us.jpg

काठमाडौं। अमेरिकाको मोन्टाना राज्यको आकाशमा चिनियाँ बेलुन उडेको छ। यो बेलुन घण्टाैंदेखि अमेरिकी आकाशमा उडिरहेको छ।

अमेरिकी अधिकारीहरुले यो चिनियाँ जासुसी बेलुन भएको र चीनले सार्वभौम देशको भूभाग र हवाई क्षेत्रको उल्लंघन गरेको आरोप लगाएका छन्।

शनिबार अन्तिम पटक मिसौरीमा देखिएको यो बेलुन यस सप्ताहन्तमा क्यारोलिना नजिकै अमेरिकाको पूर्वी तटमा पुग्ने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् र यो बेलुनको अवशेषहरु खस्ने चिन्ताले यसलाई सुट नगर्ने निर्णय गरिएको छ।

झण्डै तीन वटा बसजति लामो भनिएको यो बेलुन चीनले भने जलवायुको तथ्यांक संकलन गर्ने बेलुन भएको बताएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले शनिबारको अवस्थालाई दुर्घटना भनेका छन्। जलवायु सम्बन्धी तथ्यांक संकलन गर्ने यो बेलुन अमेरिकी आकाशमा पुगेको चीनले खेद प्रकट गरेको छ। चीनको विदेश मन्त्रालयले कुनै पनि देशको भुभाग र हवाई क्षेत्रको उल्लंघन नगरेको बताएको छ।

यसबीच आजै फेरि अर्काे चिनियाँ बेलुन ल्याटिन अमेरिकामा समेत देखिएको बताइएको छ। यस शंकास्पद अवस्थामा चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको र दुवै पक्ष स्थितीलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न सहमत भएको बताइएको छ।

यसअघि आइतबारका लागि तय भएको अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण भने तत्काललाई स्थगीत भएको छ। भ्रमणको नयाँ मिति भने जानकारीमा आइसकेको छैन्। चीनले यो स्थितीलाई तनावपूर्ण बनाउ बेलुनलाई जासुसी भन्दै निराकार आरोप लगाएको बिषयको अस्वीकार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ