arrow

स्वदेशी उत्पादनको प्रवर्द्धनबाटै आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
Khagraj.jpg

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित सातौं पर्वत महोत्सवको समापनका अवसरमा उनले यस्तो बताएका हुन् ।

 मुख्यमन्त्री अधिकारीले आयातित वस्तुको बिक्री वितरणले मुलुक समृद्ध हुन नसक्ने भन्दै गण्डकी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने बताए ।  

उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि, लघुउद्यम तथा वनजन्य उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि प्रदेशले विशेष योजना बनाउने बताए ।

अहिले आर्थिक सङ्कटले चौतर्फी क्षेत्र समस्यामा परेको बताउँदै उनले फजुल खर्च रोकेर मितव्ययीता अपनाउन निजी क्षेत्रलाई सचेत गराए । आफूले मन्त्रालयको संख्या घटाएर खर्च कम गर्न थालेको बताउँदै उद्योग, पर्यटन तथा कृषि क्षेत्रको विकास र विस्तारबाट समृद्धि हासिल गर्न सकिने बताए । 

उनले मेला-महोत्सवमा विदेशी वस्तुको व्यापारलाई भन्दा स्थानीय उद्यमी तथा कृषकले उत्पादन गरेका वस्तुको व्यापारलाई जोड दिनसमेत उनले आग्रह गरे । 

महोत्सव माघ ११ देखि सुरु भएको थियो । महोत्सवमा आयोजित सबै प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री अधिकारीबाट पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा झण्डै रू पाँच करोडको कारोबार भएको आयोजकको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ