arrow

रास्वपाको बैठक जारी, के भने प्रचण्डले रविलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
rsp-rastriya-swatantra-party-meeting-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको छ । बैठक एक घण्टा ढिला गरी शुरु भएको हो । शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बसेको हो । 

रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । 

प्रचण्डले रविलाई विकल्प सोच्न पनि आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । रविले शनिबार साँझ पनि प्रचण्डलाई भेटेका थिए । 

यसअघि शनिबार रविले आफूले मौनता तोड्ने बताएका थिए । उनले अहिले जारी पार्टीको बैठक सकिएपछि विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ