arrow

अफगानिस्तानको दोस्रो ठूलो लडाकू समूह शान्ति सम्झौतामा आउने

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
kabel-peace-deal-protest-exlarge-169.jpeg
कावुल (अफगानिस्तान) । अफगानिस्तानमा हिंसा मच्चाइरहेको गुल्बुद्धीन हेक्मत्यार नेतृत्वको हेजवी इश्लामीलाई युद्धको बाटोबाट बिहीबार पुनः शान्तिपुर्ण राजनितिमा फिर्ता गरिएको छ । 
 
अफ्गानिस्तानको धेरै लडाकू भएका मध्ये दोस्रो ठूलो सो समूहलाई शान्ति सम्झौता गराउनुलाई अफ्गानी राष्ट्रपति असरफ घानीको ठूलो सफलताको संकेतका रुपमा लिइएको छ । घानीले तालिवानीहरुलाई शान्ति प्रक्रियामा फर्काउन लामो समयदेखि धेरै प्रयास गरेका थिए । 
 
“उच्च शान्ति परिषद्, अफ्गान सरकारको नेतृत्व र हेजवी इश्लामीका वीचमा वार्ता सुरु भएको झण्डै दुई वर्षपछि यो शान्ति सम्झौता भएको छ”, — शान्ति परिषद्का उपप्रमुख हविव सोरवीले हस्ताक्षर समारोहमा भने । हेक्मत्यारलाई अफ्गानिस्तानमा कावुलको कसाईको रुपमा चिन्ने गरिन्छ । उनले पाकिस्तानमा लुकेर अफगानिस्तानमा युद्ध गरेको धेरैको विश्वास छ । 
 
अहिलेको शान्ति सम्झौताले अफगाानिस्तानका प्रथम उपराष्ट्रपति जनरल अब्दुल्ला रसिद दोस्टम झै हेक्मत्यारलाई पनि मुलधारको राजनीतिमा स्थापित गर्ने बाटो बनाएको छ । तर यसलाई मानवअधिकारवादी समूहहरुले भने पछ्याई रहने देखिन्छ । 
 
एएफपीलाई प्राप्त शान्ति सम्झौताको प्रारम्भिक मस्यौदामा हेक्मत्यार र उनको समुहका सवैलाई विगतका सवै राजनीतिक तथा युद्ध गल्तीलाई माफी दिने उल्लेख छ । हेक्मत्यारलाई अमेरिकाले विश्वव्यापी आतङ्ककारी र संयुक्त राष्ट्रसङ्घले कालोसूचीमा राखेका थिए ।
 
 यसैविच, कावुलमा रहेको राष्ट्रसङ्घीय मिसनले शान्ति सम्झौताको स्वागत गरेको छ । मिसनले निकालेको विज्ञप्तीमा सम्झौतापछि अफ्गानिस्तानमा शान्ति स्थापना हुने विश्वास व्यक्त गर्दै आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गरिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ