arrow

राष्ट्रिय एकता अभियानद्वारा सन्त रविदासको जन्मजयन्ती मनायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
rabi-dash-bara.jpg

काठमाडौं। राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासको जन्मजयन्ती मनाएको छ। अभियानले सन्त श्री रविदासको जीको पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएको हो।

बाराको सदरमुकाम कलैया स्थित भरवलिया टोलमा वड़ा नंबर १८ का वडा अध्यक्षको अध्यक्षतामा जन्मजयन्ती मनाइएको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए।

जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि तथा अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का संयोजक विवेक कुशवहाले समाजमा जातिको आधारमा भई रहेको छुवाछुतप्रति आपत्ति जनाए।

उनले जातिय छूवाछुत हिन्दू धर्मको संस्कृति नरहेको समेत बताए। उनले भने,'यों एउटा विकृति मात्र हो, छुवाछुतलाई प्रश्रय दिनु हिन्दू धर्म विरोधी हुन्।'

यसको उदाहरणको रुपमा सन्त रविदासलाई लिन नसकिने उनले बताए। उनले भने,'मानव आफ्नो कर्मले ठूलो या सानो हुने हो, जातीले होइन।'

कार्यक्रममा वड़ा सदस्य श्रीमती ललिता देवी एवम् जेष्ट नागरिक तुलसी रामले आफ्नो मनतव्य राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ