arrow

अमेरिकामा पनि गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
earthquake-final.jpeg

काठमाडौं। अमेरिकाको न्यूयोर्कस्थित बफेलो सहरमा सोमबार बिहान ३.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । सोमबार नै टर्किएमा गएको शक्तिशाली भूकम्पले टर्किए र सिरियामा हजार बढीको ज्यान गएको छ भने सयौं घर भत्केका छन् ।

अमेरिकामा आएको भूकम्पको केन्द्र पश्चिम सेनेका रहेको अधिकारीहरूलाई उद्धृत गर्दै एबीसी न्युजले उल्लेख गरेको छ। 

नियाग्रा फल्सको उत्तरमा र अर्चर्ड पार्कसम्म दक्षिणसम्म ध्वनी महसुस गरिएको एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले ट्विटरमा भनेका छन् ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ