arrow

भारत–पाक युद्धको तयारीमा, पाकिस्तानले रातभर उडायो फाइटर प्लेन

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
plane-pak.jpeg
नयाँदिल्ली÷इस्तामावाद । भारत र पाकिस्तानबीचको द्धन्द्ध बढेसंगै गृहयुद्धको खतरा बढेको छ । यसको संकेतस्वरुप पाकिस्तानले इस्लामावादमा बिहीबार रातभरि फाइटर जहाज परीक्षण गरी तयारी थालेको छ । रातभर पाकिस्तानी एयर फोर्सका चार वटा एफ–१६ फाइटर प्लेन उडाइएको थियो । 
 
यसैबीच, गृहयुद्ध हुने डरले हजारौं इस्लामावादका स्थानीयवासी सडकमा आएका थिए । इस्लामावादका संचारकर्मीलेसमेत प्लेनको तस्वीर राखेर सामाजिक संजालमा ट्वीट गरेका थिए । 
 
योसंगै भारत र पाकिस्तानबीचको लामो समयदेखिको तीतो सम्बन्ध गृहयुद्धमै परिणत हुने शंका बढेको छ । भारत र पाकिस्तानबीचको बोर्डर लाइन ७७८ किलोमिटर लामो छ । 
 
गृहयुद्ध हुने शंकाले दुवै देशका सुरक्षाकर्मीहरु सीमामा तैनाथ देखिएका छन् । 
 
भारतीय सुरक्षाकर्मी पनि पूरा तैनाथीसाथ उत्रिएको भारतीय संचारमाध्यमले जनाएका छन् । 
 
तनाव बढेसंगै भारतले ५६ वर्ष पुरानो सिन्धु जल सम्झौता खारेज गर्ने सम्भावना बढेको छ ।
 
सम्झौता खारेज भए ६ नदीको पानी मिलेन भने पाकिस्तानको अधिकांश भूभाग रेगिस्तानमा परिणत हुने भारतको दावी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ