arrow

टर्किए भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
cristian-astu-ghana.jpg
तस्बिर – फाइल ।

काठमाडौं । टर्किए भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन रहेको भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ ।

सोमबार गएको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।  सो भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्किए सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी भइरहेको जनाएको छ ।

हटेस्पोरका ३१ वर्षका अत्सुले आइतबार सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । 

अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए । घाना फुटबल संघले अत्सुसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि उनको बारेमा केही खबर नआएको जनाएको छ । 

‘हामी क्रिस्टियन अत्सु सकुशल हुन् भन्ने कामना गर्छौ,’ घाना फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘साथै हामी टर्किए र सिरिया भूकम्पबाट प्रभावितहरुको  पनि स्वास्थ्य लाभको कामना गर्छौं ।हामी टर्की फुटबल संघ र हटेस्पोरसँग सम्पर्क गर्ने प्रयासमा छौँ । हामी सुखद् खबरको पर्खाइमा छौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ