arrow

भूकम्पमा हराएका खेलाडी अत्सु पुरिएको अवस्थामा जीवितै भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
cristian-astu-ghana.jpg

काठमाडौं । टर्किएमा सोमबार गएको भूकम्पपछि हराएका भनिएका घानाका फुटबल खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन् । 

मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण बेपत्ता भएका घानाका राष्ट्रिय फुटबल टोलीका खेलाडी अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ ।

अस्तु सम्पकविहीन भएपछि भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको थियो । 

सो भूकम्पबाट आठ हजार बढीले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्किए सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ