arrow

टर्किएका गोलकिपर तुर्कास्लानको भूकम्पमा परी निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
ieup-turkaslan.jpg

काठमाडौं । टर्किएका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परी निधन भएको छ । तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो ।

टर्किए र सिरियामा सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी आठ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परी ज्यान गुमाएका छन्’ क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

सन् २०२१ मा टर्किएको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ