arrow

टर्किए र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
earthquake-turkeye.jpg

काठमाडौं । सोमबार टर्किए र सिरियामा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । भूकम्पबाट साढे पाँच हजार भन्दा बढी घर एवं भवन भत्केको टर्किएमा कम्तीमा ८ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यस्तै सिरियामा कम्तीमा २ हजार ५ सय ३० जनाको ज्यान गएको छ । यसबीच टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार भूकम्प प्रभावित क्षेत्र कहरामनमारासको भ्रमण गरेका छन्।

त्यहाँ बोल्ने क्रममा उनले सडक र विमानस्थलमा समस्या भएपनि दिनप्रतिदिन सबै सुधार हुने बताएका छन् ।

एर्दोगानले आधिकारिक सूचनाको मात्रै विश्वास गर्न र पछ्याउन आग्रह गरेका छन् । उनले भूकम्प ग्रसित क्षेत्रमा नयाँ घर बनाइने र कसैलाई पनि सडकमा नछाड्ने वाचा गरेका छन्। उनले यो आफूहरु एकजुट हुने बेला भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ