arrow

सरकारलाई पूर्णता र राष्ट्रपतिको उम्मेदवारका लागि बस्दै संयन्त्रको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
prachanda-oli-baluwatar-2079-10-15.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बस्न लागेको हो । 

सो भेटपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक बसाउन दुवै नेताबीच सहमति भएको जानकारी दिएका थिए । डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपटी शुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । 

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थिति रहनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ