arrow

फ्रेन्च कपबाट बाहिरियो मेस्सीको पीएसजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
psg-marselle.jpg

काठमाडौं । १४ पटकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा मार्सेसँग २–१ ले पराजित भएपछि लियोनल मेस्सी सम्मिलित पीएसजी बाहिरिएको हो ।

मार्सेलाई जित दिलाउन एलेक्सिस सान्चेज र रुस्लान मालिनोभास्कीले एक एक गोल गरे ।

पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै मार्सेलाई शुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १–१ को बराबरीमा ल्याए । नेयमारको पासमा रामोसले गोल गरेका थिए । 

खेलको ५७ औं मिनेटमा रुस्लान मालिनोभास्कीले गोल गर्दै मार्सेलाई २–१ को जित दिलाए । 

पएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइदिए । मेस्सी र नेइमार जस्ता खेलाडीको आक्रमणलाई पनि मार्सेको बलियो रक्षापंक्तिले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधिको यात्रा टुंगिन पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ