arrow

‘ट्विटर ब्लु’ का लागि भारतीयले १५ सय बुझाउनु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
twitter-data-twitter.jpg
तस्बिर – फाइल ।

मुम्बई । माइक्रोबलिंग प्लेटफर्म ट्विटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा ट्विटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ । बेब युर्जसको ट्विटर ब्लुका प्रयोगका लागि मासिक ६५० भारतीय रुपैयाँ दिनु पर्ने नियम बनाएको हो । 

तर मोबाइल प्रयोगकर्ताले भने प्रति महिना ९५० भारतीय रुपैया (एक हजार पाँच सय २० रुपैयाँ नेपाली) दिनु पर्नेछ । एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा ट्विटर खरिद गरेका थिए । 

उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिंग प्लेटफर्ममा धेरै परिवर्तन गरिरहेका छन । एलन मस्कले पछिल्ला दिनमा ट्विटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै लिइने छैन, सो शुल्क दिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ । 

ट्विटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा ट्विटर ब्लुको सेवा शुरु गरिसकेको छ । यी देशमा ट्विटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिँदै आएको छ । जसअनुसार यी देशले प्रतिबर्ष अमेरिकन ८४ डलर ट्विटरलाई दिनुपर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ