- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
गत बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेशन सम्पन्न भएको एक बर्ष पछि केन्द्रिय समितिलाई पूर्णता दिएको छ । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् ।
साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनितसमेत गरेको छ ।
यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रीय समितिले पूर्णता पाएसँगै आजै केन्द्रीय समिति बैठक पनि आब्हान गरिएको छ ।