arrow

उत्तर कोरियाले देखायो अहिलेसम्मकै ठूलो मिसाइल, अमेरिकालाई चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
Kim-Ju-ae-kim-jong-un.jpg

काठमाडौं। उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शनी देखाएको छ। धेरै विश्लेषकहरूले यी मिसाइलहरुले अमेरिकाको रक्षा प्रणालीलाई नै सम्भावित चुनौती दिन सक्ने बताएका छन्।

बुधबारको सैन्य परेडमा दर्जन बढी आईसीबीएमहरु देखाइएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार (फेब्रुअरी ८) को मध्यराति श्रीमती र छोरीसँगै सैन्य परेडको अवलोकन गरेका छन्।

सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार कोरियाली जन सेनाको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा सो परेड आयोजना गरिएको थियो।

केसीएनएलेले आईसीबीएमले प्योङयाङको सबैभन्दा ठूलो आणविक स्ट्राइक क्षमता देखाएको जनाएको छ भने, परेडमा रणनीतिक आणविक एकाइहरू पनि देखाइएको थियो।

बुवा किम जोङ उन र आमा रि सोल जुसँगै छोरी किम जु एको उपस्थितिले उनलाई उत्तराधिकारीको रूपमा राखिएको अनुमानलाई उत्प्रेरित गरेको छ।

परेडमा देखाइएका लामो दूरीका मिसाइलको संख्याले चिन्ता बढाएको छ। 

सैद्धान्तिकरुपमा अमेरिकी मुख्य भूमिसम्म प्रहार गर्न सक्ने यस्ता धेरै क्षेप्यास्त्रहरूले धेरै आणविक हतियार बोकेको अवस्थामा अमेरिकी आणविक सुरक्षालाई सम्भावित रूपमा पराजित गर्न सक्ने विश्लेषकहरूलेको भनाइ छ।

उत्तर कोरियाको मिडियाले विस्तृत विवरण सार्वजनिक गरेको छैन्, तर यस्तो हतियारले देशको शक्तिशाली युद्ध प्रतिरोध र प्रतिआक्रमण क्षमता प्रदर्शन गरेको बताएको छ।

बिहीबार बिहान उत्तर कोरियाली मिडियाले प्रकाशित गरेका तस्बिरहरूमा प्योङयाङको केन्द्रीय स्क्वायरमा एक दर्जनभन्दा बढी आईसीबीएमहरू घुमिरहेको देखाइएको थियो।

केही उत्तर कोरियाली विश्लेषकहरूले प्रदर्शनमा नयाँ आईसीबीएम लन्चर पनि समावेश रहेको र ती ठोस ईन्धन मिसाइल समायोजन गर्न डिजाइन गरिएको बताएका छन्।

तरल ईन्धन मिसाइलहरू भन्दा ठोस ईन्धन मिसाइलहरू छिटो प्रक्षेपण गर्न सकिन्छ र यसविरुद्धको प्रतिरक्षा समेत कठिन हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ