arrow

बूढीगण्डकी जलविद्युत, ठोरी, गोरखा लार्के सडकलाई पहिलो प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
gorkha-1-rajendra-bajgai-team.jpeg

गोरखा । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको पहलमा बसेको गोरखा क्षेत्र नं १ को प्रतिनिधि सभा तथा प्रदेश सभा सांसद र स्थानीय तहको बैठकले तीन ठूला आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने निर्णय गरेको छ । 

बुधबार र बिहीबार आयोजना गरिएको प्रतिनिधि सभा तथा प्रदेश सभा सांसद र स्थानीय तह प्रमुखहरुको समन्वयात्मक बैठकले तीन ठूला आयोजनालाई क्षेत्र स्तरको गौरवका योजना कायम गरी पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाई, प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपाने र क्षेत्र नं १ अन्तर्गतका सात पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुखहरुको समन्वयात्मक बैठकले राष्ट्रिय गौरवको योजना बूढीगण्डकी जलविद्युत आयोजना, ठोरी गोरखा, बजार, रुइलाभञ्ज्याङ सडक, बेनिघाट, आरुघाट, सिर्दिबास ङुइलाभञ्ज्याङ नाका जोड्ने सडकलाई प्राथमिकताका साथ अघि बढाउन प्राथमिकता दिने निर्णय गरेको हो ।

साथै हरेक पालिकाहरुको आवश्यकता र मागका आधारमा पर्यटन र पूर्वाधार विकासका लागि तीनै तहको संयुक्त सामथ्र्य जुटाएर सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएको सांसद बजगाईले जानकारी दिए । गोरखा १ को विकासका लागि सम्भाव्यता अध्ययन गर्न विज्ञ नियुक्त गरिसकेको उनले बताए ।

बैठकमा बोल्दै बजगाई र प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपानेले स्थानीयतहसित समन्वय र सहकार्य गरेर मात्र काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

विकासमा राजनीति आफूले पनि नगर्ने भन्दै पालिका प्रमुख उपप्रमुखहरुलाई पनि विकासमा राजनीति नगर्न उनीहरुले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ