- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईएमई पेले श्रीयोग कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार आईएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
कम्पनीले श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्धेश्यले यो सम्झौता गरिएको जनाएको छ । श्रीयोगका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आईएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।
गत बुधबारदेखि नै संचालनमा आएको यो सम्झौतापछि सेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुने विश्वास गरिएको छ ।