arrow

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
corona-virus-covid-19.jpg
फाइल तस्बिर

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट  अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ। अस्पतालमा आएका मध्ये ९८  लाख ९ हजार ८७ जना उपचार निको भाइ घर फर्केका छन्।

खोप अभियान सुरु भए देखी अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाइसकिएको छ। उता, हिजो मात्र देशभर तीन जना कोरोनाका सङ्क्रमित थपिएका थिए। एक हजार ८५ वटा नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार एक जना सङ्क्रमणमुक्तसमेत भएका छन्।

देशभर अहिले ६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ