arrow

भूकम्पले साढे २४ हजार बढीको मृत्यु, सिरियामा मात्रै ५३ लाख मानिस घरबारविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
turkey-syria-earthquake.jpg

काठमाडौं। संयुक्त राष्ट्रसंघका एक अधिकारीले सोमबार गएको टर्किए र सिरियामा गएको विनाशकारी भूकम्पले ५० लाख भन्दा बढी सिरियालीहरू घरबारविहीन हुन सक्ने बताएका छन्।

'भूकम्पबाट सिरियामा करिब ५३ लाख मानिस घरबारविहीन भएका हुन सक्छन्,' शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका सिरिया प्रतिनिधि शिवाङ्क धनपालाले शुक्रबार भनेका छन्,'यो ठूलो संख्या हो र पहिले नै सामूहिक विस्थापनबाट पीडित जनसंख्यामा यसको भार आएको छ।'

'सिरियाका लागि यो संकट भित्रको संकट हो,' उनले थपे,'हामीले आर्थिक झट्का भोगेका छौं, कोभिड र अहिले हामी चरम जाडो याममा छौं, प्रभावित क्षेत्रमा हिमपात भइरहेको छ।'

७.८ र ७.६ रेक्टर स्केलको भूकम्पबाट बाँचेकाहरू सिरियाका अन्य भागहरूबाट करिब १२ वर्षको युद्धबाट विस्थापित मानिसहरूका लागि स्थापना गरिएका शिविरहरूमा पुगेका छन्। धेरैले आफ्नो घर गुमाएका छन् भने बाँकी केहही क्षतिग्रस्त भवनमा फर्कन डराएका छन्।

भूकम्पका कारण टर्किए र सिरियामा साढे २४ हजार मानिसको मृत्यु भइसकेको छ। सिरियामा मात्रै ३ हजार ५५३ जनाको मृत्यु भएको छ। टर्किएमा २१ हजार ४३ जनाको ज्यान गएको र अझै थुप्रै हराइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ