arrow

सेलवेजमा भीषण आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
Aaglagi pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा भीषण आगलागी भएको छ । हलनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको स्थानीय रेष्टुरेन्ट व्यवसायी नवराज सापकोटाले जानकारी दिए ।  

उनका अनुसार पोखरा महानगरपालिका र एयरपोर्टको दमकलको सहायताले आगो निभाउनेक्रम जारी छ । 

लेकसाइड काउन्टर नामक भवनमा हिमालयन जाभा, नबिल बैंक पनि रहेको छ । 

आगलागीका कारण भने खुल्न सकेको छैन । करिब एक घण्टा अघिदेखि शुरु भएको आगलागी नियन्त्रण गर्न स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयास गरिरकेका छन् ।

सेलवेजका अधिकांश सामान जलेर नष्ट भएको सापकोटाको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ