arrow

पशुपतिका सदस्य सचिव आफैले थाले सरसफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
mailankumar-sarsafai.jpg

काठमाडौं। महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्र सफाइलाई तीव्रता दिइएको छ।

पशुपति क्षेत्रलाई टिलिक्क पार्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा आफैं लागिपरेका छन्।

संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किरातीको विशेष पहलपछि कोषले शिवरात्रीलाई लक्षित गर्दै रंगरोगन, साजसज्जा र सफाइमा जोड दिएको छ।

सफाई गर्ने जनशक्ति न्यून भएकाले सरसफाइमा समस्या भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शिवरात्रिमा सरसफाइमा कुनै कसर बाँकी नहोस भनेर कोषका सदस्य सचिव डा थापा आफै विविध सेवामा खटिएका हुन्। सरसफाइमा थापा आफै खटेकाले आफूहरुलाई पनि प्रेरणा र ऊर्जा मिलेको कर्मचारीहरु बताउँछन्।

पशुपति क्षेत्रमा भष्मेश्वर घाट, आर्यघाट, साधुसन्तका कुटी, विद्युतीय शवदाह गृह, सार्वजनिक शौचालय आदि चौबीसै घण्टा सञ्चालन हुने भएकाले पनि सरसफाइमा चुनौति रहेको बताइएको छ।

शिवरात्री नजिकिदै गर्दा भक्तजन र साधुसन्तको घुइँचो बढ्ने भएकाले थप चुनौति रहने सदस्य सचिव थापाले भने। त्यसलाई चिर्नका निमित्त सदस्य सचिव थापा आफै अग्रसर भएर समग्र पशुपति क्षेत्रलाई सुसज्जित बनाउन लागिएको कोषका कर्मचारी बताउँछन्।

यस वर्षको महाशिवरात्री पर्वमा नेपाल, भारत, भुटानलगायत अन्य राष्ट्रबाट १० लाख सनातन धर्मावलम्बीहरु भगवान्प शुपतिनाथको दर्शनका लागि आउने अनुमान गरिएको छ।

डा थापा भन्छन्, ‘यसपटक पशुपति दर्शन गर्न आउने भक्तजन लागि सेवा सुविधामा कुनै कमी हुनदिइने छैन। हामीसँग उपलब्ध जनशक्ति र श्रोत साधनको भरपुर उपयोग गरी यस पर्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य राखेका छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ