arrow

क्यान इन्फोटेक आज सकिँदै, आईएमई पेमा उत्साहजनक सहभागीता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
imepay-can.jpg

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा जारी ‘ क्यान इन्फोटेक २०२३’ आज सकिँदैछ । गत माघ २४ गतेदेखि भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा उत्साहजनक रुपमा सहभागीता रहेको छ । 

विद्यार्थीदेखि व्यवसायी तथा लगानीकर्तालेसमेत चासो दिएर अवलोकन गरिरहेको क्यान महासंघले जनाएको छ । 

सो क्रममा आईएमई पेका ग्राहक पनि उत्साहवर्धक तरिकाले बढेका छन् । अपरेशन हेड वन्देश अधिकारीका अनुसार क्यान इन्फोटेकमा मात्रै शनिबारसम्म एक हजार ८२० भिसा कार्ड ग्राहक थपिएका छन् । आईएईपेको एप आकर्षण बढेको उनले बताए । 

रेमिट्यान्स पठाउँदा कस्टमर एपमा पठाएमा उपभोक्ताले सीधै पाउने र उल्टै ५० रुपैयाँ क्यासब्याक हुने अफरसमेत रहेको उनले बताए । 

आईएमई पे उच्च स्तरको डिजिटल भुक्तानी सेवा हो जसमा सबैभन्दा धेरै क्यासब्याक हुने अधिकारीले बताए । 

एपको आकर्षण बढेको भन्दै उनले एपमार्फत एयरलाइन्स टिकटमा क्यासब्याक अफर रहँदा ग्राहक आकर्षित भएको बताए । 

क्यूआरकोडको सुविधासमेत रहेको उनले बताए । त्यस्तै मोबाइल चार्जमा ५ प्रतिशत क्यासब्याकले पनि आकर्षण बढेको उनको जिकिर छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ