arrow

क्यान इन्फोटेकमा अफरलाई थप प्रचार गर्दै नेपाल टेलिकम  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
nepal-telecome-can.jpg

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा जारी ‘क्यान इन्फोटेक २०२३’ आज सकिँदैछ । गत माघ २४ गतेदेखि भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा उत्साहजनक रुपमा सहभागीता रहेको छ । 

विद्यार्थीदेखि व्यवसायी तथा लगानीकर्तालेसमेत चासो दिएर अवलोकन गरिरहेको क्यान महासंघले जनाएको छ । 

क्यान इन्फोटेकमा नेपाल टेलिकमको उपस्थिति पनि दरिलो रहेको छ । टेलिकमले नयाँ कुनै अफर ल्याउनु भन्दा पनि माघ २२ गते भएको १९ औं वार्षिकोत्सवको अवसरमा दिइएका अफरलाई थप प्रचारप्रसार गरिरहेको सहप्रशासकीय अधिकृत गणेश गौतमले बताए । 

शनिबारसम्म मात्र चार सय सिम कार्ड निःशुल्क दिन सफल भएको उनले बताए । उनले भने, ‘पहिले पहिले सिम लिन गाह्रो हुनाले यस्तो मेलामा मौका छोप्ने धेरै हुन्थे अहिले त नजिकको टेलिकममा गए सुविधा हुने भएकाले यहाँ खासै त्यस्ता ग्राहक आउँदैनन् ।’

क्यान इन्फोटेकमा ई–सीम भने दिइरहेको बताए । ग्राहकको मोबाइलले सपोर्ट गरेमा ई–सीम दिइएको उनले बताए । गौतमले यसपालिको इन्फोटेकमा ग्राहकलाई धेरै भन्दा धेरै जानकारी गराउन सफल भएको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ