- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भई चिकित्सकहरुले तय गरेका विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमतिपछि विरोधका सबै कार्यक्रम फिर्ता भएका हुन् ।
चिकित्सकहरुले अस्पताल बन्द लगायतका कार्यक्रम सबै फिर्ता भएका हुन् । अस्पताल बन्दका कार्यक्रमको सर्वत्र विरोध भएको थियो । वीर अस्पतालस्थित ट्रमा सेन्टरका डा. जनिथ सिंहमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।
उक्त निर्णयपछि सरकारले बिहानै सबै पक्षलाई राखेर वार्ता शुरु गरेको थियो । वार्तामा घटनाका दोषीलाई एक हप्ताभित्र छानबिन सम्पन्न गरी कारबाही गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने लगायतका बुँदाहरु रहेका छन् ।