arrow

नेपाल आयल निगमको नायब प्रबन्ध निर्देशकमा गोइत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
Birendra Gohit.jpg

पोखरा । नेपाल आयल निगमका निर्देशक ई. वीरेन्द्र गोइतको बढुवा भएको छ । उनलाई नायब प्रबन्ध निर्देशक पदमा बढुवा गरिएको हो । आपूर्ति तथा वितरण विभाग प्रमुख रहेका गोइतको योग्यता पुगेको झण्डै दुई वर्ष ढिला गरी बढुवा भएको हो ।

नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि सिफारिस भएकोमा सञ्चालक समिति बैठकले वरिष्ठताका आधारमा गोइतको बढुवा गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

जनकपुर घर भएका गोइतले ५२ सालमा सातौं तहमा निगम प्रवेश गरेका थिए। निगममा २७ वर्षदेखि कार्यरत उनले केही समय प्रवक्ताको जिम्मेवारीसमेत बहन गरेका थिए ।

देशभरको इन्धन आपूर्ति र वितरणमा दख्खल राख्ने उनी निगमको थानकोट, भैरहवा, नेपालगञ्ज, विराटनगरलगायतका डिपोमा प्रमुख भएरसमेत काम गरिसकेका छन् ।

उनी मेकानिकल इञ्जिनियर हुन्। उनलाई बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ