arrow

सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
bishnu-poudel-uml.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन्।

गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन्। तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए। सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेललले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन्।

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट  ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा झारेका हुन्।

१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य राखिएकोमा अर्थमन्त्री पौडेलले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड सङ्कलन हुने अनुमान प्रतिनिधिसभामा पेस गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ