arrow

सहज नदेखिएको यो साता राजनीतिक उतारचढाव बढ्ने, जनताले दुःख कष्ट भोगिरहनुपर्ने

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ फागुन १ सोमबार
horoscope-weekly-anytime.jpg

साताको फलः राजनीतिक उतारचढाव बढ्ने छ । जनताले दुःख कष्ट भोगिरहनु पर्नेछ । महंगी स्थिर रहनेछ । पश्चिमतिरका भूभागमा दुर्घटनाको सम्भावना । पानी पर्ने सम्भावना नभए पनि मौसम सफा रहने छैन । 

साताका यात्राका साहित 
१ गते सोमबारः उत्तर र पश्चिम शुभ, पूर्व अशुभ । 
२ गते मंगलबारः पश्चिम शुभ, उत्तर अशुभ । 
३ गते बुधबारः पूर्व शुभ, उत्तर अशुभ । 
४ गते बिहीबारः पूर्व र उत्तर शुभ, दक्षिण अशुभ । 
५ शुक्रबारः पूर्व र उत्तर शुभ र पश्चिम अशुभ । 
६ गते शनिबारः दक्षिण शुभ, पूर्व अशुभ । 
७ गते आइतबारः दक्षिण शुभ, पश्चिम अशुभ । 

साताका राहुकाल (सबैभन्दा खराब समय) 
१ गते सोमबारः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म । 
२ गते मंगलबारः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म । 
३ गते बुधबारः मध्यान्ह १२ः०० देखि दिनमा १ः३० बजेसम्म । 
४ गते बिहीबारः दिनमा १ः३० देखि ३ः०० बजेसम्म । 
५ गते शुक्रबारः बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म । 
६ गते शनिबारः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म ।
७ गते आइतबारः दिनमा ४ः३० देखि साँझ ६ः०० बजेसम्म । 

साप्ताहिक राशिफल

मेषः मेष राशिका लागि यो साता मानसिक चिन्ता, यात्रा कठिन रहने, अपज, श्वासप्रस्वास सम्बन्धी समस्या, वादविवादमा परिने सम्भावना रहेको, कार्यमा असफलता, शरीरमा पित्त समस्या बढ्ने, वस्त्र सम्बन्धी कार्य गर्नेलाई शुभ, विरोधी पक्ष परास्त, शारीरिक तथा मानसिक सुख प्राप्त, सन्तान देखी टाढा रहनु पर्ने, अध्ययनमा सफलता, खराब कार्यमा मन लाग्ने, दुःख कष्ट बढ्ने देखिन्छ । आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ । 

वृषः वृष राशिका लागि यो साता घरेलु झगडा सुखमा कमी, स्वास्थ्यमा सुधार, तरल पदार्थमा लाभ, यात्रा कठिन, मानसिक पीडा, सन्तानबाट मनमुटाब बढ्ने, आर्थिक लाभ, अध्ययनमा सफलता, विरोधी पक्ष परास्त, धार्मिक यात्रा प्राप्त, घरदेखि टाढा जानु पर्ने, आँखामा समस्या बढ्ने सम्भावना रहेको छ । धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आफन्तको आगमनले घरमा खुशीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ । आफन्तसंग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ । 

मिथुनः मिथुन राशिका लागि यो साता सन्तानबाट आर्थिक लाभ प्राप्त, विरोधी पक्ष परास्त, आर्थिक नोक्सान बढ्ने, आँखामा समस्या, दाम्पत्य जीवनमा कष्ट, घरगृहस्थीको सुखप्राप्त, धनलाभ, सम्मान प्राप्त, धार्मिक कार्यमा रुचि बढ्ने, राज्यपक्षबाट भय, अध्ययनमा अवरोध, संन्तानलाई कष्ट हुने देखिन्छ । व्यर्थ मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा यो हप्ता कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । बुधबार जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ । मिथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ । 

कर्कटः कर्कट राशिका लागि यो साता मित्र जनवाट विवाद, आर्थिक धन हानी, मनमा अशान्ति, कामुकतामा वृद्धि, भूमि सम्बन्धी कार्यबाट लाभ, दाजुभाइको साथ सहयोगले धनलाभ, धार्मिक कार्यमा रुचि बढनेुका साथै धार्मिक यात्रा, राज्यपक्षबाट मान सम्मान प्राप्त, यात्रामा दुर्घटना बढाउने,धन हानी, सन्तान कष्ट, अध्ययनमा अवरोध हुनेछ । आफन्त व्यक्तिसँग विवाद तथा झगडाको संभावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्नबाधा देखापर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

 सिंहः सिंह राशिका लागि यो साता रोग, उच्च रक्तचाप, थकान बढ्ने, छाती सम्बन्धी समस्या, घरगृहस्थीको सुखप्राप्त, रोजगारमा बाधा, रोग बढ्ने, विद्यामा उन्नति, भाषण कलामा निपूर्ण, कष्टपूर्ण टाढाको यात्रा, प्रेम तथा सन्तान सुख, विरोधी पक्ष परास्त, राज्यपक्ष्यबाट अपमान,भाग्यमा अकस्मात् वृद्धि हुनेछ । आफन्तसंग मनमुटाव बढ्नेछ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्तापर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको सिकार हुनसक्ने, मन परेको खानामा पनि गडबढी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ । संह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ । 
 
कन्याः कन्या राशिका लागि यो साता टाढाको यात्रा प्राप्त, आर्थिक नोक्सान बेहोर्नु पर्ने, विरोधी पक्ष परास्त, मन प्रसन्न, शरीर कमजोररी अनुभूति, विरोधी पक्ष पराजित, साना तिना झगडामा फस्न सक्ने, मनमा चिन्ता बढ्ने, व्यापारमा हानी, खराब काममा मन जानुका साथै रोगले सताउनेका साथै आँखामा समस्या देखा पर्नेछ । आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । खानपिनमा सतर्क आवश्यक, आज आइतबारदेखि कसैसँग पैसा फिर्ता लिनुछ, भने माग्न गएमा पाइने छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति मिल्नेछ । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुलाः तुला राशिका लागि यो साता स्वास्थ्य सुधार, आर्थिक लाभ, मानसिक चिन्ता बढ्ने देखिन्छ, दुर्घटना हुनुका साथै चोटपटक, विरोधी पक्षबाट अपमान बेहोर्नु पर्ने, सन्तानबाट मनमुटाब, पारिवारिक सुख प्राप्त, अध्ययनमा सफलता, यात्रामा कष्ट, शरीरमा पित्तको समस्या बढ्ने देखिन्छ, शरीरमा चोटपटक लाग्नेछ । लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आप्mनो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ । 

वृश्चिकः वृश्चिक राशिका लागि यो साता मित्रजनबाट धनलाभ, कार्यमा सफलता, बस्त्रबाट लाभ, दाम्पत्य जीवनमा कलह, भाइसँग कलह, सन्तानबाट लाभ, कार्यमा सफलता, अध्ययनमा सफलता, बोलीमा प्रभावकारिता, मानसिक चिन्ता बढ्ने, विरोधी पक्ष परास्त, आँखामा समस्या, दुःख कष्ट बढ्ने देखिन्छ । स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ यो हप्ता सफल हुनेछन् । पूर्व, पूर्व दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । सोम, मंगल, बिहीबार विशेष खराब छन् जे काम गर्नु छ आज आइतबार, बुधबार र शुक्रबार पारेर शुरु गर्नुहोला । यो हप्ता शैक्षिक क्षेत्रमा गरेको लगानीले उच्च लाभ मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ । 

धनुः धनु राशिका लागि यो साता धार्मिक यात्रा प्राप्त, रोग अशान्ति बढ्ने, मानसिक चिन्ता बढ्ने, विरोधी पक्ष परास्त, वस्त्र कारोबारबाट लाभ, घरगृहस्थी सुख प्राप्त, राज्यपक्ष्यबाट लाभ, दाम्पत्य जीवनमा कष्ट हुनुका साथै रोगब्याधिले सताउने सम्भावना बढ्ने, विद्यार्थीमा अध्ययनमा अवरोध, अकस्मात् धन नोक्सान हुन सक्नेछ । एक्कासी आम्दानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जलखेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मंगलबार र बुधबारको समय  खराब भएकाले टाढाको यात्रा नगर्नुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकरः मकर राशिका लागि यो साता रक्त सम्बन्धी समस्या बढ्ने, अपमान बेहोर्न पर्नेछ, धन नोक्सानी बेहोर्नु पर्ने, विरोधी पक्षबाट पीडा बेहोर्न पर्नेछ, धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त, राज्यपक्षबाट कष्ट, बिलासी सामाग्रीमा खर्च बढ्ने, खराब काममा मन लाग्नुका साथै शस्त्र अस्त्रबाट चोटपटक लाग्न सक्नेछ, राज्य पक्षबाट विविध किसिमका दुःख कष्ट बेहोर्नु पर्नुका साथै घर देखी टाढा हुनु पर्ने अवस्था आउन सक्ने, कार्यमा निष्फल प्राप्त हुनेछ । सोमबार पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ । 

कुम्भः कुम्भ राशिका लागि यो साता कार्यमा असफलता, प्रेम तथा दाम्पत्य जीवन कष्टमय, स्वास्थ्यमा सुधार, घरगृहस्थी सुखमा कमी रहने, राज्यबाट अपमान बेहोर्नु पर्ने, कार्यमा सफलता, विरोधी पक्ष परास्त, कुलकुटुम्बबाट सुख प्राप्त, परोपकार सम्बन्धी कामबाट लाभ, प्रेम तथा दाम्पत्य जीवनमा खटपट, शोक उत्पन्न, टाढाको यात्राको अवसर प्राप्त, मित्रजनबाट अपमान बेहोर्नु पर्नेछ भने धार्मिक कार्यमा मन कम लाग्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । आज आइतबार र भोलि सोमबार जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । भोलि शुक्रबार र आगामी बुधबारको समय शुभ रहनेछ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ । 

मीनः मीन राशिका लागि यो साता कार्य सिद्धि हुनुका साथै विरोधी पक्षहरु परास्त, सन्तानबाट मनमुटाब बढ्ने, धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त, राज्यपक्षबाट सम्मान प्राप्त, यात्रा प्राप्त, मनमा चिन्ता बढ्ने, प्रेम तथा दाम्पत्य जीवनमा सुधार, यात्रा कष्ट, रोजगार, व्यवसायमा विघ्न बाधा, यात्रामा दुर्घटना, भूमि पत्थर सिमेन्ट खनिज सम्बन्धी काम कारबाहीमा लाभ, अकस्मात् धन नोक्सान हुन सक्नेछ भने विदेश यात्राका साथै मलद्वार सम्बन्धी समस्याले सताउने छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।
(नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ