arrow

बुस्टर डोजका लागि खोप भित्रियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
astrazeneca pfizer.jpg

काठमाडौं ।  फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाका अनुसार सोमबार बिहान ९ बजे ती खोप भित्रिएको हो । 
    
उनले गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । 

ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र  सोहीअनुसार आज  तीन लाख ४५ हजार मात्रा खोप भ्यिाइएको हो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ