arrow

प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रतामा हस्तक्षेप हुन नहुनेमा सांसद बजगाईको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
rajendra-bajgai-parliament-2079-10-29.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रतामाथि कसैले हस्तक्षेप गर्न नहुनेतर्फ सचेत गराएका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद बजगाईले प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रता परिपूरक भएकाले यसमा कसैको हस्तक्षेप हुन नहुनेतर्फ सचेत गराएका हुन् । 

उनले ‘नेपाली प्रेस जगतमा पदम ठकुराठी बराबरका धेरै सम्मानित प्रकाशक सम्पादक हुनुहुन्छ । प्रेसले प्रशारण गर्छ, के लेख्छ, के गर्छ, समयले मूल्याङ्कन गर्छ’ भनेका छन् । 

त्यस्तै सांसद बजगाईले, ‘एकतन्त्रीय जर्मन कालमा पनि स्वतन्त्र प्रेस थियो’ भन्दै ‘एक राजनीतिककर्मीले स्वतन्त्रतामाथि सांघातिक हमला गर्न सक्दैनन्’ भन्ने स्मरण गराउँदै गत माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति देखाएको व्यवहारतर्फ ध्यानाकृष्ट गराएका छन् । 

उनले । सामाजिक संजालको प्रयोग गर्दा व्यक्तिगत स्वतन्त्रता भुल्न नहुनेमा जोड दिएका छन् । 

https://www.facebook.com/hamrakura/videos/901278241123255/
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ