arrow

पशुपतिमा भारतीय विदेशसचिव क्वात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
binaya-mohan-qatra-pashupati.jpg

काठमाडौं । भारतका विदेशसचिव विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।  आज साँझ उनी दर्शन गर्न पशुपति पुगेका हुन् । नेपालका लागि भारतीय राजदूतसमेत भइसकेका क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए । 

नेपाल–भारत बीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप उँचो बनाउनेतर्फ आफ्नो भूमिका रहनू विदेशसचिव क्वात्राले आफूसँगको साक्षात्कारमा बताएको डा. थापाले जानकारी दिए । 

महाशिवरात्रीको पूर्वसन्ध्यामा भारतीय विदेश सचिवको पशुपति दर्शनले बाह्य पर्यटन आगमनमा सकारात्मक प्रभाव पर्ने सदस्यसचिव थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ