arrow
ADVERTISEMENT

विद्रोह यातायात मजदूरको [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
yatayat-majdoor-buspark.jpg

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरहरुले राजधानीमा विद्रोह गरेका छन् । उनीहरुले ट्राफिक नियमको विरोध गर्दै मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् । 

उनीहरुले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेको जनाएका छन् । आज सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने सरकारी नियमविरुद्ध चालकहरुले सडकमा प्रदर्शन गरे । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।

त्यस्तै मजदूर कुटिएको विरोधमा आन्दोलित यातायात मजदूरले प्रहरीको भ्यान जलाएका छन् । बालाजु बाइपासमा आन्दोलरत व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यानमा आगजनी गरेको हो ।

नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवर लगायतकाले मजदूरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए । 

यातायात मजदूरहरूले नयाँ बसपार्क, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । आजै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


 

_MG_8753.jpg
_MG_8758.jpg
_MG_8776.jpg
_MG_8794.jpg
_MG_8800.jpg
_MG_8809.jpg
_MG_8813.jpg
_MG_8818.jpg
_MG_9101.jpg
_MG_9116.jpg
_MG_9120.jpg
_MG_9127.jpg
IMG_0024.jpg
IMG_0033.jpg
IMG_0036.jpg
IMG_0082.jpg
IMG_0090.jpg
IMG_0098.jpg
SAVE_20230213_180407.jpg
SAVE_20230213_180423.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ