पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पेट्रोल पम्पको बेइमानी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
245
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाएसँगै उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द गरिएका छन् ।
बढी मूल्य तिरेर ल्याएको तेल कम मूल्यमा बेच्नु परेपछि निजी पेट्रोल पम्पले बेइमानी गरी पम्प बन्द गरेका हुन् । जबकि अन्यबेला कम मूल्यमा किनेर बढेको भाउमा बेच्न पाउँदै तिनै पम्पहरू खुशी हुने गरेका थिए ।
यसरी गैरजिम्मेवारी हुँदासमेत सरकारले कुनै पनि पेट्रोल पम्पलाई सचेत गराएको पाइएको छैन ।
निजीले मनोमानी गरेसँगै भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सर्वसाधाणको भीड लागेको छ ।
सर्वसाधारणले दुःख पाउँदासमेत सरकार मौन छ । यसअघि पनि महंगिँदै छ भन्ने थाहा पाउनासाथ पम्प बन्द गरेर अर्को दिन स्टक पेट्रोल महंगोमा बेच्ने बानी परेकाहरू यसपालि सस्तिएपछि बन्द गरेका हुन् ।
नेपाल आयल निगमले मंगलबार मध्यरातपछि पेट्रोलियम पदार्थमा मूल्य घटाएको थियो ।