arrow

थाइल्याण्डको एक बारमा गोली चल्दा दुईको मृत्यु, सात घाइते

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
nintchdbpict000269239182.jpeg
बैङ्कक (थाइल्याण्ड) । दक्षिणी थाइल्याण्डको समुई द्वीपमा अवस्थित एक बारमा शुक्रबार भएको गोलीकाण्डमा क्रममा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । 
 
स्थानीय समयानुसार शुक्रबार बिहान २ बजे गोलीकाण्ड सुरु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । आफ्नो कार्यालय समय सकिएपछि बारमा मादकपदार्थ सेवन गर्न गएका प्रहरीको टोली र बारका साझेदार युवाकाबीचमा झगडा भएपछि सो घटना भएको जनाइएको छ । 
 
स्थानीय पत्रिका थाइरथलका अनुसार सो झडपमा छ-सात राउण्ड गोली चलेको थियो । एउटा सुरक्षा गार्डलाई गोली लागेर तत्काल मृत्यु भएको थियो, भने अर्का एक जना प्रहरी अधिकृतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । 
 
बैङ्कक पोष्टका अनुसार सिसिटिभीको दृश्यमा एक जना प्रहरीले जथाभावीरुपमा गोली चलाएको थियो । हत्याको अभियोगमा ती प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उसले हत्या प्रयास गरेको र सार्वजनिक ठाउँमा अतियार प्रयोग गरेको तथा होहल्ला गरेको आरोप लगाइएको छ । 
 
यस घटनाको अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै रहेको छ । समुई द्वीप थाइल्याण्डको प्रख्यात पर्यटकीयस्थल हो । रासस÷सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ