arrow

के भयो नारायणकाजी र क्वात्राबीच छलफल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
narayankaji-qatra.jpg

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका सचिव क्वात्राले मंगलबार उप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । 

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुई देशबीच भएका सन्धि सम्झौता, नेपालको आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ । 

भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय उठाएका विदेशसचिव क्वात्राले नेपालको रेल्वे विकासमा नेपालकै जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताए । 

विदेशसचिव क्वात्राले अरुण तेस्रो आयोजनाको एक्सेस रोड निर्माणसम्बन्धमा राखेको चासोप्रति उपप्रधानमन्त्री श्रेष्ठले यस कार्यलाई नेपालले चाँडै अगाडि बढाउने जवाफ दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ