arrow

लाभ बेलाबाट दिनको शुरुआत

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ फागुन ३ बुधबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ फल्गुन ३ गते बुधबार, इस्वीसंवत फेब्रुअरी १५ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्ण चलिरहेको छ । सौरमान अनुसार फाल्गुनकृष्णपक्षको दशमी तिथि रहनेछ ।

नक्षत्रमा ज्येष्ठा, विष्कुम्भादि योगमा हर्षण, करणमा वरियान, आनन्दादि योगमा ध्वांक्ष रहनेछ । सूर्य कुम्भ राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । दिनमान २७ घटि ५५ पला अर्थात ११ घण्टा ११ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४४ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५४ बजे हुनेछ ।

आजको राशिफल :

मेष : समय खराब रहनेछ । आठौं स्थानमा भ्रमण गरिरहेका चन्द्रमाको प्रभावले कामहरु बिग्रने अवस्था आउनेछ । मान, सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महसूस हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ । परिवार तथा आफन्तजनलाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृष : स्वास्थ्य राम्रो रहनेछ । सातौं स्थानमा चन्द्रमा छन्, त्यसैले माया प्रेमको गाँठो कसिलो भएर जानेछ । गीत संगीतमा विशेष रुचि बढ्ने तथा विद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । व्यापार व्यावसायबाट पनि भनेजस्तै आम्दानी हुनेछ । यात्रा रमाइलो हुनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुन : समय शुभ रहनेछ । छैटौं स्थानको चन्द्रमाको प्रभावले बुवा वा बुवासरहका मानिसको आशिर्वाद तथा सहयोगले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटी सौहार्दपूर्ण वातावरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट : समय भरपर्दो रहनेछैन । पाचौं स्थानमा चन्द्रमा डुल्डैछन् त्यसैले जीवन साथीसँग सानासाना कुरामा राय बाजिनेछ । आय आर्जनका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा मन्दी आउनेछ । यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलासी तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला, नराम्रा घट्नाहरु घट्न सक्छ । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंह : समय खराब छ । चौथो स्थानमा चन्द्रमा छन् त्यसैले खानपानमा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सक्न मुस्किल पर्नेछ । काममा बाधा ब्यावधान आईलाग्ने तथा ठूलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ, ख्याल गर्नुहोला । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना तथा शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न बगलामुखी र शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा-आराधना गर्नुहोला ।

कन्या : समय शुभ छ । तेस्रो स्थानमा दौडिरहेका चन्द्रमाको प्रभावले मुद्धा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनेर जानेछ । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुला : समय अत्यन्तै खराब छ । दोस्रो स्थानमा चन्द्रमा डौडिरहेकाले नकारात्मक प्रभाव पर्नेछ । आर्थिक अभावले हातमा आईसकेको काम रोकिनेछ । आफन्त तथा अग्रजहरुसँग सानोसानो विषयमा विवाद सृजना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ, ख्याल गर्नुहोला । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको पूजा गर्ने, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार पीपलमा जल चढाई कागलाई खानेकुरा दिनले ग्रहपिडा कम हुनेछ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुपर्नेछ भने हनुमान चालिसाको पाठ गर्दा राम्रो हुनेछ ।

वृश्चिक : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानमा चन्द्रमा रहेकाले बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने छ । मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविष्यका लागि फाईदा हुने काम गर्ने वातावरण बनाउन सकिनेछ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, दान-पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । काली भगवती र हनुमानजीको पूजा-आराधना गर्नाले शनिको साढेसाती दोष कम हुनेछ ।

धनु : समय खराब छ । १२औं भावमा चन्द्रमा छन् त्यसैले समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेछ । नीति निर्माण तहमा तपाईको सहभागिताले महत्वपूर्ण भुमिका खेल्ने भए पनि आफ्नै साथीहरुको आलोचना खेप्नुपर्नेछ । लामो यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला, अनावश्यक झमेला आइलाग्नेछ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठका साथै शिवजीको उपासना लाभदायी रहनेछ । शनिबार पीपलमा जल अर्पण गर्दा शनि शान्तिका लागि उत्तम हुनेछ । यो राशि भएका व्यक्तिले आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ ।

मकर : समय अनुकुल रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पति पत्नीबीच मायाको डोरो कसिनेछ । तपाईसंग शत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ ।

कुम्भ : समय मध्यमखालको रहनेछ । चन्द्रमा १०औं भावमा चन्द्रमा छन् त्यसैले लामो समयदेखि भेट नभएका मित्र र आफन्तसँग मिलन हुनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनीतिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तिको योग रहेकोछ । समय शुभ चलिरहेको छ, भरपूर उपयोग गर्नुहोला । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन : समय खराब रहनेछ । नवौं भावको चन्द्रमाका कारण काममा समय दिएअनुसार प्रतिफल पाउन ढिलाई हुनेछ । सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला किनकी अनावश्यक झन्झटमा फस्ने ग्रहयोग रहेको छ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागि समय खर्चिनु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक कामहरु प्रभावित हुन सक्छन्, स्वास्थ्यमा ध्यान दिनुहोला । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ ।

साइतः सूर्य कुम्भ चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४८ बजेदेखि      ०८ः११ बजेसम्म    लाभ बेला
बिहान ०८ः११ बजेदेखि      ०९ः३३ बजेसम्म     अमृत बेला
बिहान ०९ः३३ बजेदेखि      १०ः५५ बजेसम्म     काल बेला
बिहान १०ः५५ बजेदेखि       १२ः१७ बजेसम्म    शुभ बेला
बिहानमा १२ः१७ बजेदेखि       १ः४० बजेसम्म   रोग बेला
दिनमा १ः४० बजेदेखि        ३ः०२ बजेसम्म     उद्वेग बेला
दिनमा ३ः०२ बजेदेखि        ४ः२४ बजेसम्म     चर बेला
साँझ ४ः२४ बजेदेखि        ५ः४६ बजेसम्म     लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ