arrow

रवि केसीको बाह्रसिङ्गेमा वाणिज्यको छापा: पार्टी प्यालेसमा दिने सयौं कार्टुन म्याद नाघेका बियर जफत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
rabi-kc-barahsinghe.jpg

काठमाडौं। ओल्ड दरबार, ८८४८, बाह्रसिङ्गे र पासपोर्ट जस्ता मदिरा उत्पादान गर्ने कम्पनीहरुको स्वामित्व राख्ने नेपाल मदिरा उत्पादक संघका पूर्व अध्यक्षसमेत रहेका रवि केसीको बियर गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ ।

ओल्ड दरबार, ८८४८, बाह्रसिङ्गे जस्ता उत्पादनले ठूला उद्योगपतिका रुपमा गनिए पनि पासपोर्ट मदिराको ट्रेडर्माक उल्लंघन गरेको लगायतका विवादित मुद्दा रवि केसीमाथि छन् ।

यस्तोमा मंगलबार विभागले धुम्बाराहीमा रहेको गोदामबाट रवि केसीको बाह्रसिङ्गे ब्राण्डको बियरका म्याद नाघेको २१ सय बढी कार्टुन नियन्त्रणमा लिएको हो ।

तीन वटा गोदाममा भण्डार गरिएको यस्तो म्याद नाघेको २१ सय कार्टुन बाह्रसिङ्गे बियर फेला परेको विभागका निर्देशक एवं प्रवक्ता होमनाथ भट्टराईले बताएका छन् ।

करिब ६० लाख मूल्य बराबरको यो बियर ६५० र ३३० मिलिलिटरको बोतल आकारमा रहेको विभागले जनाएको छ।

राति-राति हुने पार्टीहरुमा गरिन्थ्यो सप्लाई

यस्तो म्याद नाघेको मदिरा एवं बियर खासगरी रात्रिकालीन पार्टी हुने ठाउँहरुमा पठाइने गरेको विभागले थाहा पाएसँगै छापा मारेको जनाएको छ। रात्रिकालीन रेष्टुरेन्ट एवं पार्टी हुने ठाउँहरुमा मदिरा एवं बियर म्याद नाघे ननाघेको हेर्ने मानिसहरु खासै नहुने हुँदा यस्तो बियर त्यहाँ सप्लाई हुने गरेको विभाग स्रोतले दाबी गरेको छ । 

अहिले बाह्रसिङ्गे बियरको विषय मात्रै सतहमा आएको तर यस कम्पनीका अन्य उत्पादनहरुले समेत यस्ता अवैध र मानिसहरुको ज्यानसँगै खेलबाड गर्ने किसिमले उत्पादनहरुलाई बजारीकरण गर्दै आएको स्रोत बताउँछ । 

रवि केसीका अन्य विवादित उत्पादन

नेपाल मदिरा उत्पादक संघका पूर्व अध्यक्षसमेत रहेका मदिरा उद्योगी रवि केसीको याक ब्रुइङ अन्तर्गत बाह्रसिङ्गे बियर उत्पादन हुँदै आएको छ।

यस्तै उनकोसमेत स्वामित्वमा रहेका यति डिस्टिलरीले ओल्ड दरबार (ओडी) र ८,८४८ जस्ता मदिरा उत्पादन गर्दै आएको छ ।
 
रवि केसीकोसमेत स्वामित्व रहेको तेस्रो कम्पनी चण्डिका डिस्टिलरी अन्तर्गत पासपोर्ट मदिरा उत्पादन हुँदै आएको छ। रवि केसीको यो पासपोर्ट मदिराले ट्रेडमार्क उल्लंघन गरेको मुद्दा खेपिरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ