arrow

संसदमा उठ्यो सन्दीपको मुद्दा, बलात्कार आरोपीलाई किन राष्ट्रको प्रतिनिधित्व बन्न दिने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
sumana-shrestha-samsad.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दा उठाइएको छ । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सुमना श्रेष्ठले यति ठूलो मुद्दाका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाएर क्रिकेट खेल्न दिनु दुर्भाग्य भएको बताएँदै ‘ एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’ भनी प्रश्न गरिन् । 

उनले अगाडि भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौं । त्यो कहिले छिनोफानो हुने हो । यतिका समय लाग्ने हो भने आरोपीको नाम सार्वजनिक किन गरियो । राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ?’

सांसद श्रेष्ठले थप भनिन्, ‘एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यही प्रकरणमा पीडितहरुलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ । आरोप लागेको व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा कायमै रहेको छ । तर गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेकोप्रति महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा फैसला बदर गरी अभियुक्तलाई पक्राउ गरेरै मुद्दालाई अगाडि बढाउन निवेदन दिएको छ । 

सो विषयमा सर्वोच्च अदालतले धरौटी रिहाको फैसलाको पूर्ण कागजात झिकाएको छ । यसमा सुनुवाइ हुन बाँकी छ । 

सन्दीप भने फागुन २ गतेदेखि काठमाडौंमा शुरु भएको त्रिदेशीय विश्वकप लिग–२ प्रतियोगितामा सहभागी भएका छन् । उनको निलम्बन नेपाल क्रिकेट संघ क्यानले फुकुवा गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ