arrow

स्कटल्याण्डलाई नेपाली पिच सहज, नामिबिया १५३ रनमै अलआउट, नेपाल सजग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
scotland-kirtipur.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय श्रृंखला अन्तर्गत अहिले नामिबिया र स्कटल्याण्ड भिडिरहेका छन् । दुवै टोलीले विजयका लागि प्रतिस्पर्धा गरिरहेका छन् । जितका लागि स्कटल्याण्डले १५४ रनको सामान्य चुनौती पछ्याइरहेको छ । 

खेलमा नामिबियाले टस हारेर पहिले ब्याटिङ गर्दै ३९.२ ओभरमा अलआउट हुँदै १५३ रनमात्र जोड्न सक्यो । ओपनर लो हान्द्रे लुलेन्सले सर्वाधिक ५४ रन बनाएको इनिङ्समा तीन खेलाडीले मात्र दोहोरो स्कोर बनाए । 

पहिलो पटक नेपाली भूमिमा खेलेको स्कटल्याण्डले कीर्तिपुर मैदानको पिचलाई सहजै लिँदै नामिबियालाई कम योगफलमा रोक्न सफल भएको हो । 

माइकल लिस्कले ४ तथा सफ्यान शरिफ र मार्क वाटले ३–३ विकेट लिए । यो कसिलो बलिङले नेपाल पनि सजग हुनुपर्ने देखिएको छ । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियालाई २ विकेटले हराएको थियो । 

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्ष स्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ