arrow

नामिबियामाथि १० विकेटको जित निकाल्दै स्कटल्याण्डले सचेत गरायो नेपाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
scotland-kirtipur.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत दोस्रो खेलमा स्कटल्याण्डले नामिबियामाथि सहज जित निकालेको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा स्कटल्याण्ड १० विकेटले विजयी भएको हो । 

बुधबार १५४ रनको सामान्य चुनौती स्कटल्याण्डले कुनै विकेटको क्षति बिना २२.१ ओभरमै पूरा गरेको हो ।  जर्ज मुन्सेले ६१ बलमा अविजित १०३ तथा कायल कोत्जरले ७२ बलमा अविजित रहँदै ४६ रन जोडे । 

यसअघि खेलमा नामिबियाले टस हारेर पहिले ब्याटिङ गर्दै ३९.२ ओभरमा अलआउट हुँदै १५३ रनमात्र जोड्न सक्यो । ओपनर लो हान्द्रे लुलेन्सले सर्वाधिक ५४ रन बनाएको इनिङ्समा तीन खेलाडीले मात्र दोहोरो स्कोर बनाए । 

पहिलो पटक नेपाली भूमिमा खेलेको स्कटल्याण्डले कीर्तिपुर मैदानको पिचलाई सहजै लिँदै नामिबियालाई कम योगफलमा रोक्न सफल भएको हो । 

माइकल लिस्कले ४ तथा सफ्यान शरिफ र मार्क वाटले ३–३ विकेट लिए । यो कसिलो बलिङ र आक्रामक ब्याटिङले नेपाल पनि सजग हुनुपर्ने देखिएको छ । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियालाई २ विकेटले हराएको थियो । 

स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ भने नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ