arrow

कांग्रेस सांसद बजगाईको पहलमा सुत्केरी हुन नसकेकी महिलाको हेलिकोप्टरबाट उद्धार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
rajendra-bajgai-bimar-uddar-2079-11-03.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको पहलमा सुत्केरी हुन नसकेकी गोरखाकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार भएको छ । 

धार्चे गाउँपालिका वार्ड न २ रुन्चेत निवासी २२ वर्षीया अनिता गुरुङको उद्धार गरी काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको हो । 

केरौंजा स्वस्थ्य केन्द्रमा सुत्केरी हुन नसकेको भनी बिरामीका आफन्तले गोरखा क्षेत्र नं १ का सांसद बजगाईलाई खबर आएलगत्तै उनको विशेष पहलमा राष्ट्रपति सुत्केरी महिला उद्दार कार्यक्रम अन्तर्गत अपरान्ह ४ बजेर ४ मिनेटमा नेपाली सेनाको हेलिकोप्टर इक्युर्युल एनए ०४५ मार्फत करौजाबाट सुत्केरीलाई काठमाडौं ल्याइएको सांसद बजगाईको सचिवालयले जनाएको छ ।  

सांसद बजगाईले लामो समयदेखि बिरामीहरुको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ