arrow

पाँच वर्ष थपियो प्रदेश सभा सचिवालयका सचिवको उमेर हद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Gandaki pradesh sabha bhawan.jpg

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका सचिवको उमेर हद पाँच वर्ष बढाइएर ६५ वर्ष पुर्याइएको छ । 

यसअघि प्रदेशसभा सचिवालय ऐन २०७७ मा सचिवको अधिकतम उमेर हद ६० वर्ष रहेको थियो ।

प्रदेश सरकारले ऐन संशोधन गरेर पाँच वर्ष बढाएसंगै प्रदेशसभा सचिवालयका सचिवको उमेर हद अब ६५ वर्ष हुनेछ । 

सरकारको प्रस्तावमा सचिवालयका सचिवको उमेर हद ६५ वर्ष बनाउन बुधबार बसेको प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हो । 

प्रदेशसभा सचिवालय ऐन २०७७ को दफा १० मा सचिवको पद रिक्त हुनेसम्बन्धी व्यवस्था छ । उपदफा ‘ग’ मा ‘निजको उमेर ६० वर्ष पूरा भएमा’ भनिएको छ । 

सोही दफा संशोधन गरी ‘६५ वर्ष पूरा भएमा’ बनाएको हो । दफा ८ को (ज) मा सचिवको योग्यता र पदावधि सम्बन्धी व्यवस्था छ । 

सचिवका लागि आवश्यक पर्ने योग्यतामा ४५ वर्ष उमेर पूरा भई ६० वर्ष पूरा नभएको भन्ने लगायत व्यवस्था भएकोमा अब ६५ वर्ष नभएको भन्ने व्यवस्था गरिएको हो । दफा ९ मा सचिवको पदावधि पाँच वर्ष हुने निज पुनः नियुक्त हुन सक्ने व्यवस्था छ । 

ऐन संशोधनका लागि प्रदेशका कानूनमन्त्री रोशन गाहा मगरले ‘केही गण्डकी प्रदेश कानून संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभामा प्रस्तुत गरेका थिए । 

यस विधयेकमा माघ २९ गते बसेको प्रदेशसभा बैठकमन सामान्य छलफल गरेको थियो ।

बुधबार बसेको प्रदेशसभा बैठकले दफावार छलफलसँगै निर्णायार्थ प्रस्तुत गरिएको विधेयक बहुमतले पारित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ