arrow

पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : मन्त्री जुग्जाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
Resham Jugjali.jpg

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका छन् । 

मन्त्रालयद्वारा बुधबार आयोजित प्रगति समीक्षा कार्यक्रममा उनले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा पर्यटनलाई लिइए पनि बजेटको प्राथमिकतामा नपरेको बताए ।

उनले कूल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा रहेकोले यो क्षेत्र हेलामा परेको भन्दै समृद्धिको आधार पनि भन्ने अनि यति थोरै बजेटले पर्यटन उकास्न समस्या हुने बताए । 

मन्त्री जुग्जालीले जिल्ला तहमा रहेका पर्यटन तथा उद्योग कार्यालय पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावबाट गुज्रिरहेको बताए । आफू भर्खर मात्र मन्त्रालयको जिम्मेवारीमा आएको जनाउँदै उनले स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सक्दो पहल गर्ने बताए । 

पर्यटन क्षेत्र बजेटको कम प्राथमिकतामा पर्नुको कारणबारे समीक्षा हुनुपर्ने उनको भनाइ छ । पहिले घरबासका लागि रु ३० करोड बजेट छुट्टाइएकामा अहिले घटाइएको विषयमा छलफल र समीक्षा हुनुपर्ने उनले बताए । 

योजना कार्यान्वयनमा समस्या छन् भने कार्यविधि बदल्दै योजनाको संख्या घटाएर भएपनि परिणाममुखी काममा बढी जोड दिनुपर्ने उनको जोड थियो । 

उनले न्यून जनशक्ति र स्रोतसाधनका बाबजुत मातहातका कार्यालयबाट भएको कार्यसम्पादन सन्तोषजनक रहेको बताए । उनले कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर कार्यक्षेत्रमा खट्न कर्मचारीलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ