arrow

अखिलको नेतृत्वका लागि मतदान हुँदै, तीन जनाबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
akhil-election-2079.jpg

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववीयू) को नेतृत्व छान्नका लागि निर्वाचन हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अहिले बिहान ८ बजेबाट मतदान हुन लागेको हो । 

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विक चुनावी मैदानमा छन् । अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराई भन्छन्, ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ ।’ 


बराल नेतृत्वको पूर्वकमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ । 


अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी  महाधिवेसनले १५–१५ सदस्यीय तीन वटा आयोग पनि गठन गर्नेछ । 

मंगलबारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुरु भएको महाधिवेशन आजसम्म चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ